Thursday, May 14News That Matters

हामी सचेत भए कोरोना सर्ने सम्भावना कम हुन्छ : सभापती बस्नेत -भिडियाे अन्तरवार्तासहित

पूर्णपुष्टि, बैशाख २६ गते । 

रेडक्रस सोसाईटी उदयपुरका सभापति विनोद बस्नेतले सरसफाईमा विशेष ध्यान दिनु पर्ने र हामी सचेत भए कोरोना भाईरस सर्ने सम्भावना कम हुने बताउनुभएको छ । मान्छेबाट मान्छेमा सर्ने भएकाले सामाजीक दुरी र सरसफाई नै अचुक उपाए रहेको सभापति बस्नेतले बताउनुभएको हो ।

तत्काल सरकारले गरेको लकडाउन वषौँसम्म पालना गरेर हिड्नु पर्ने सभापति बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो “सरकारले कोरोना महामारी साम्य भएको घोषणा गरेपनि लकडाउनको पूर्ण पालना गर्नु पर्दछ ।, सामाजीक दुरी र लकडाउन बाहेक विकल्प छैन ।”

भुल्केबासीले दिएको पैसासमेत पसलेहरुले नलिने गरेको छ । एक्कासी नयाँ विपद् आईलागेपछि नागरिकहरु त्रासित भएको सभापती बस्नेतले बताउनुभयो ।  गोजीमा पैसा भएपनि महामारीले गर्दा खाद्यवस्तु खरिद गर्न नसकिराखेको उहाँले बताउनुभयो ।

भुकम्प, बाढी, पहिरो, आगलागी जस्ता विपद्को सामाना गर्दै आएको र यस्ता विपद्को पूर्व तयारी गरिन्थ्यो । तर अहिलेको विपद् विलकुलै नयाँ भएकाले यसको कसैले पूर्व तयारी नगरेको सभापति बस्नेतले बताउनुभयो ।

महामारीले कष्टकर जनजीवनलाई सहयोग गर्नका लागी क्वारेन्टाईनका लागी झुल, कम्बल, साबुन, बाल्टीन लगायतका सामाग्री प्रदान गर्दै आएको छ । त्यस्तै अस्पतालको लागी टेन्ट पनि प्रदान गरिएको सभापती बस्नेतले बताउनुभयो ।

आज विश्व रेडक्रस दिवको अवसरमा जिल्ला कार्यालयमा झण्डोतोलन गरी जिल्ला कारागारका कैदिबन्दिलाई झुल, माक्स, साबुन लगायतका सामाग्री प्रदान गरेर दिवस मनाएको सभापती बस्नेतले बताउनुभयो । महामारीले गर्दा गतवर्षहरुमा जस्तो भब्य कार्यक्रम कहि कतै नभएको उहाँले बताउनुभयो ।

भिडियाे अन्तरवार्ता :

https://www.youtube.com/watch?v=1UjgzDrxw4E