
११ भदाै, २०८३ । उदयपुर
रसुवामा हिजो आएको भीषण बाढीपछि उदयपुरका ११ जना ब्यक्तिहरु सम्पर्कविहिन भएका छन् ।
विभिन्न कामको सिलसिलामा रसुवाक्षेत्रमा रहेका ११ जना सम्पर्कविहिन भएको आफन्तलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट सार्वजनिक गरिएको विवरणअनुसार सम्पर्कविहीन हुनेमा त्रियुगा नगरपालिकाका ८ जना, कटारी नगरपालिका, लिम्चुङबुङ गाउँपालिका र उदयपुरगढी गाउँपालिकाका एक–एक जना गरी ११ जना ब्यक्तिहरु बेपत्ता भएका हुन् ।
सम्पर्कविहीन हुनेहरूमा त्रियुगा नगरपालिका–१४ बाझगराका १८ वर्षिय भेषराज माझी, सोही ठेगानाका २० वर्षिय मिलन माझी र सोही ठाउँका ३२ वर्षिय चन्द्रबहादुर माझी बेपत्ता भएका हुन् । त्यस्तै त्रिनपा ४ लाइनटोलका ४२ वर्षिय देबेन्द्र घिमिरे, त्रिनपा–७ चकलघाटका ४० वर्षिय ध्रुव बस्नेत, त्रिनपा –१ रुपनीका २७ वर्षिय बालकुमार राई, त्रिनपा –१० का २३ वर्षिया मनिका विश्वकर्मा र सोही ठेगानाका ५ वर्षियरियाज विश्वकर्मा बेपत्ता छन् ।
त्यसैगरी कटारी नपा– ५ सोक्लाहाका २० वर्षिय बुद्धिमान नेपाली, लिम्चुङबुङ गापा–४ बलम्ताका २४ वर्षिय सुमनसमिर राई र उदयपुरगढी गापा–७ तिरिबासका ३१ वर्षिय अरुण मगर बेपत्ता भएका छन् ।
हिजो भिषणबाढी पछि सम्पर्क प्रयास गर्दा काही कतैबाट सम्पर्क हुन नसकेपछि आफन्तजनहरुले प्रहरीलाई जानकारी गराएका हुन् ।
