
पूर्णपुष्टि, फागुन २६
पर्साबाट एक जना हुण्डी कारोबारी पक्राउ परेको छ । कलैया उपमहानगरपालिका–२३ का ३८ वर्षीय जयराम राउत कुर्मीलाई हुण्डी कारोबार गरेको आरोपमा पक्राउ परेको हो ।
मंगलबार वीरगञ्ज–६ स्थित माँ अम्बे ट्रेडर्सबाट अवैध वित्तीय कारोबार (हुण्डी) भइरहेको सूचनाको आधारमा प्रहरीले कुर्मीलाई पक्राउ गरेको जनाएको छ । ट्रेडर्समा काम गर्ने कुर्मीलाई स्रोत खुल्न नसकेको नेपाली ७ सात लाख ७५ हजार ४ सय ७० रुपैयाँ, भारतीय रुपैयाँ ७ हजार ४ सय तथा उनको साथबाट बब्लु राजको नाममा जारी भएको नगद २ लाख र रामप्रसाद पटेलको नाममा जारी भएको ५ लाख ६० हजारको चेकसमेत बरामद प्रहरीले जनाएको छ ।
कुर्मीविरुद्ध बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अन्तर्गतको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
ट्रेडर्सका सञ्चालक हाल फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
