
पूर्णपुष्टि, कात्तिक १८
१ करोड रुपैयाँसहित अवैध कारोबार हुन्डी कारोबारमा संलग्न तीन जना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले ओमबहालबाट उनीहरुलाई पक्राउ गरेको हो । झापाका विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेललाई पक्राउ गरेको सीआईबीले जनाएको छ ।
पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
