Sunday, June 7News That Matters

हुर्रा नाच सँगै मगरहरुको मांघेसंकराटी महोत्सव धुमधाम

गाईघाट/माघ,४

मगरजातिले विषेश चाँडको रुपमा मनाउँदै आएको माघे मांघेसंकराटीको अवसरमा हुर्रा नाचेर यो बर्षको माघी धुमधाम साथ मगरहरुले मनाएको छ ।

नेपाल मगर संघ त्रिुयुगा नगर कमिटी र प्रारम्भीक कार्यसमिति १०, ११, र १२ को आयोजनामा त्रियुगा नगरपालिका १० बोक्से स्थित मांघेसंकराटीे तथा हुर्रा महोत्सव सहित यो पर्व धुमधामका साथ मनाएको हो । महोत्सवमा त्रियुगा नगरपालिका लगाएत अन्य पालिकाहरुको बाक्लो उपस्थिति सँगै राष्ट्रिय कलकारहरुको बेजोड प्रस्तुतिमा आफ्नो भेष, भुषा, संस्कार संस्कृति सहित महोत्सव मनाएको आयोजकले बताए ।

कार्यक्रममालाई सम्बोधन गर्दै नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन कुमार रोक्का मगरले आफ्नो महत्वपूर्ण उपस्थिति जनाउनु भयो । कार्यक्रममा बोल्दै मगरले राज्यले एउटै मात्र जात, धर्म, भाषा लाई प्राथामिकतामा राखेको बताउनु भयो । राज्यको यो हर्कतले आफ्नो जातिहरु निकै पछि परेको उहाँले बताउनु भयो । यसरी एउटै जाति, भाषा र धर्मलाई मात्रै राज्यले संरक्षण गर्दाको परिणाममा मगर जाति मात्रै हैन सम्पूर्ण आदिवासी जनजातिहरुको संस्कार संस्कृति, भेष भुषा, भाषा धर्म लगाएतले स्थान नपाएको बताउनु भयो ।

उहाँले राज्यले आफैले दिलाउनु पर्ने यो अधिकार उल्टै बन्चित गर्दै हामिले माग्दा समेत ज्याजति दमन जस्ता कार्यहरु गरेको बताउनु भयो । उहाँले सुखि नेपाली र संमृद्धि नेपालको नारालाई सफल बनाउनु नै छ भने देशमा रहेको सम्पूर्ण जातजातिहरुको अधिकार र उनिहरुको हितमा राज्यले निति नियम बनाएर अघि बढ्नु पर्ने बताउनु भयो । यदि होइना भने यो नाराको कुनै अर्थ नरहने उहाँको सुझाव छ ।