
पूर्णपुष्टि,जेष्ठ १९ । गाईघाटको त्रियुगा नगरपालिका वडा नं.१३मा पूर्व पश्चिम बरुवा बसपार्क सञ्चालनका लागि कार्य समिति गठन भएको छ । हुलास चौधरीको अध्यक्षतामा १२ सदस्य चयन भएको कार्य समितिका सचिव राजेन्द्र राईले जनाए ।
समितिमा उपाध्यक्ष दिपेस खत्री, कोषाध्यक्षमा लिल विश्वकर्मा चयन गरिको छ । यता सचिव पदमा राजेन्द्र राई, सह–सचिवमा राज विशाल खड्का चयन भएको छ । त्यस्तै सदस्यहरुमा राजु थापा,चन्दृका कुमारी मगर, गोपाल सिंह दनुवार, श्याम कुमारी राई, चुडा मणि चौधरी, पबित्र पराजुलि, पार्बती दनुवार र हेलेन कुमार राईलाई चयन गरिएको छ ।
समिति निर्माणका लागि विगत देखिनै बिभिन्न संघर्ष गरिरको सचिव राईले बताए । लामो संघर्ष पश्चात समिति निमार्ण गरी बरुवा वसपार्कलाई वैधानिका रुपमा सञ्चालन गर्ने उनको भनाई छ । आगमी दिनमा समितिको रोहवरमा विधान निमार्ण गरी नियमित रुपमा बसपार्क सञ्चालनमा ल्याउने पनि उनले बताए ।
