Tuesday, June 23News That Matters

हुसेन मृत अवस्थामा फेला

मोरङ, जेठ ३१ गते ।

मोरङ धनपालथान–७ कदमाहा बस्ने रहिम आलमको छोरा ७ बर्षीय खालिद हुसेन मृत अवस्थामा  फेला परेको छ ।

हिजो दिउँसो ५ बजे घरमा केहि नभनी हिडेका हुसेन घर छेउको रोडको खाल्डोमा जमेको पानीमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

हुसेन अबेरसम्म घर फर्की नआएपछी आफन्तले खोजतसाल गर्ने क्रममा मृत अवस्थामा फेला पारी प्रहरीमा जानकारी गराएको प्रहारीले जनाएको छ ।

घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।