
पूर्णपुष्टि, जेठ ३१ गते ।
केहि दिनदेखि गर्मी ह्वात्तै बढेको छ । तापक्रम नबढे पनि सापेक्षित आर्द्रता बढी हुँदा धेरै गर्मी महसुस भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हावामा जलवाष्पको मात्रा धेरै हुँदा शरीरले धेरै तातो महसुस गर्छ । यसकै कारण बादल लागे पनि गर्मी महसुस भएको हो ।
अहिले देशका धेरै ठाउँको मौसम आशिंकदेखि सामान्य बदली भएको छ । स्थानीय वायु, पश्चिमी वायु, पश्चिम नजिक रहेको न्यूनचापीय क्षेत्रसँगै पूर्व–पश्चिम बनेको न्युनचापीय रेखा र बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभावले धेरै ठाउँको मौसम आशिंकदेखि सामान्य बदली भएको महाशाखाले जनाएको छ ।
आज देशभरीकै मौसम सामान्यतया बदली भई केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना जनाईएको छ ।
