
पूर्णपुष्टि, जेठ ३१ गते ।
लकडाउनको समयामा ५ अर्व भन्दा बढीको खाद्य वस्तु भित्रिएको छ । चैत ११ गतेदेखि जेठ ३० गतेसम्म ५ लाख १३ हजार ४ सय ५१ मेट्रिक टन खाद्यवस्तु आयात हुदा ५ अर्व रुपैयाँ भन्दा बढी बाहिरिएको भन्सा विभागले जनाएको छ ।
लकडाउनको ८० दिनमा खाद्यान्न मात्रै २ लाख ९२ हजार ६ सय ६१ मेट्रिक टन भित्रिएको छ । यस्तै दलहन ७४ हजार २ सय २८ मेट्रिक टन, ९६ हजार २६ मेट्रिक टन तरकारी, ३८ हजार २ सय ३९ मेट्रिक टन फलफुल र दुग्धजन्य पदार्थ १२ हजार २ सय ९७ मेट्रिक टन आयात भएको उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले जनाएको छ ।
लकडाउनको पहिलो हप्तादेखि १० हप्तासम्मको आयात हेर्दा खाद्यान्नमा ६.९ प्रतिशत, दाल तथा गेडागुडीमा १४.४ प्रतिशत, तरकारी ४ प्रतिशत र फलफुलमा ३८. १ प्रतिशतले आयात बृद्धि भएको देखिन्छ ।
