Friday, May 22News That Matters

विश्वभरका कोरोना संक्रमित मध्ये ३९ लाख भन्दा बढी निको भए

पूर्णपुष्टि, जेठ ३१ गते । 

विश्वभरका विभिन्न देशमा फैलिएको कोरोना भाईरस संक्रमित मध्ये निको हुनेको संख्या ३९ लाख नाघेको छ ।

विश्वका २ सय १३ देश र २ वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाईरसबाट ७७ लाख ३९ हजार भन्दा बढीमा संक्रमित भएका छन् । उक्त संक्रमित मध्ये उपचारपछि ३९ लाख ६६ हजार २ सय ६२ जना निको भएको वर्ल्डओमिटरले जनाएको छ ।

उपचार गराइरहेका ३३ लाख ४५ हजारभन्दा बढी मध्ये ५३ हजार ८ सय ८७ जनाको अवस्था जटिल रहेको छ भने बाँकीको स्वास्थ्य अवस्था भने सामान्य रहेको जनाईएको छ ।

अहिलेसम्म विश्वमा ४ लाख २८ हजार ३ सय ३७ जनाको मृत्यु भईसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै १ लाख ३९ लाख ४ सय ५९ जना नयाँ संक्रमित थपिएका छन् भने ४ हजार ५ सय ८८ जनाको मृत्यु भएको छ ।