
पूर्णपुष्टि, बैशाख २४ ।
राशी अटोमोवाइल्स गाईघाटले होन्डा शोरुमको ग्रान्ड ओपनिङसहित राशी होण्डा एक्सचेन्ज उत्सव आगामी आइतबार गर्दैछ ।
गाईघाटको शुभलक्ष्मी सिनेमा हल संगै हिमालीटोलमा आधुनिक र ब्यवस्थित सोरुम स्थापना गरिएको छ । नयाँ ठाउँमा नयाँ ब्यवस्थापनसहित उद्घाटन तथा होण्डा एक्सचेन्ज अफरसमेतको आयोजना गरिएको हो ।
नयाँ तथा सुविधा सम्पन्न शोरुमको शुभारम्भसंगै पुराना मोटरसाईकल उचित मुल्यका साथ साट्न सकिने शोरुमका प्रमुख रितेश गुप्ताले जनाए । विशेष र भब्यरुपले उद्घाटनको तयारी गरिएको गुप्ताले बताए ।
