
पूर्णपुष्टि, असार ६
गुल्मीमा होम क्वारेन्टिनमा मृत्यु भएका एक पुरुषको कोरोना परिक्षण गर्दा रिपार्ट पोजेटिभ आएको छ ।
छत्रकोट गाउँपालिका–५ मैनडाँडा निवासी ६९ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको थियो । मृतको स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको थियो । प्रयोगशालामा परिक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
मृतक प्यारालाइसेसको बिरामी थियो । जेठ २५ गते भारतबाट आएर उनी होम क्वारेन्टिनमा बसेका थियो । क्वारेन्टिनमा बस्न नसक्ने भएपछि छोरी ज्वाइँले हेरचाह गर्ने गरी होम क्वारेन्टिनमा राखिएको थियो ।
मृतकको शवलाई शुक्रबार नेपाली सेनाले व्यवस्थापन गरेको जनाईएको छ ।
