Thursday, June 18News That Matters

होलीमा २ समूहबिच ग्याङ फाईट ः २ जनाको ज्यान गयो , बेपत्ता युवाहरु आए सम्पर्कमा

पूर्णपुष्टि, चैत्र १६

होली खेल्ने क्रममा दुई समूहबिच आफसी झगडा हुँदा २ जनाले ज्यान गुमाउनु परेको छ । होलीमा रंग दल्ने क्रममा एकआपसमा झगडा भएपछि ग्याङ फाईटमा परिणत भएको थियो । ग्याङ फाईटमा परि निसीखोला–७ राजकुतका अन्दाजी ३६ वर्षीय प्रकाश कुँवर र २९ वर्षीय दिपक दमाईको ज्यान गएको छ । भने सोही ग्याङका करिब १० जनाभन्दा बढी बेपत्ता भएका थिए ।

बल्देधुरीमा होली मनाउने र बनभोज खाने क्रममा बाग्लुङको निसीखोला– ७ राजकुत र गुल्मीको बडीगाड गाउँपालिका– १० दर्लिङका युवाहरूबीच ग्याङ फाइट भएको थियो ।बाग्लुङ, प्युठान र गुल्मिको सिमानामा पर्ने बल्देधुरीमा उनिहरुको झगडा भएको प्रहरीले जनाएको छ ।

दुई जनाको ज्यान जानेगरी भएको झडपमा संलग्नहरूलाई भने प्रहरीले अझै नियन्त्रणमा नलिएको सकिरहेको छैन् ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले घटनालगत्तै प्रहरी टोली घटनास्थल गई मृतक तथा घाइतेहरूको खोजी र उद्धार गरेर अनुसन्धानमा जुटेको बताउनुभयो ।

होलीको रङ लगाउने क्रममा दुई समूहका युवाबीच विवाद भएर झडप भएको देखिएको प्रत्यक्षदर्शीको भनाई छ ।

र्वनिर्धारित कुनै योजना नभई एउटा समूहकी महिलालाई अर्को समूहका युवाले रङ लगाउन खोज्दा घटना भएको देखिन्छ,’ प्रत्यक्षदर्शीले भने,

बडीगाड–१० दर्लिङका युवाहरू होली मनाउने र बनभोज पनि खाने गरी जम्मा भएका बेला अर्को क्षेत्रबाट गएका युवाहरूले महिलालाई रङ लगाउन खोज्दा घटना भएको अनुसन्धानमा देखिएको छ ।