Tuesday, April 21News That Matters

म्यानमारमा रहेका बेलायती नागरिकलाई स्वदेश फर्कन बेलायतको आग्रह

पूर्णपुष्टि, चैत १६ 

म्यानमारमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन बेलायतले आग्रह गरेको छ । म्यानमारमा सेनाको ज्यादती बढ्दै गकाले बेलायतले आफ्ना नागरिकलाई स्वदेश फर्किन आग्रह  गरेको हो ।

म्यानमारमा प्रदर्शनकारीमाथि भइरहेको सेनको ज्यादतीको बेलायत, अमेरिका, जापान, अस्ट्रेलिया लगायत विभिन्न १२ देशले भत्सर्ना गरेका छन् ।

म्यानमारमा एकैदिन सेनाको गोली लागेर बालबालिकासहित एक सयभन्दा धेरैको मृत्यु भएको  थियो । हिंसा लगातार बढ्दै गएपछि अन्तर्राष्ट्रिय समुदायले घटनाको भत्सर्ना गर्दै आएका छन् ।

अमेरिकाले म्यानमारको सुरक्षाबललाई ‘आतंकको शासनकाल’ भनेको छ  । गत फेब्रुअरी १ तारिखमा प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलगायत नेतालाई हिरासतमा लिँदै सेनाले सत्ता हातमा लिएदेखि नै अमेरिकाले यसको विरोध गर्दै आएको छ ।

हिंसामा एक सयभन्दा धेरैको ज्यान गएपछि म्यानमारका सैन्य प्रमुख मिन आङ लाइङ र उनका जनरलहरूले रातमा भव्य भोज गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । सेनाले सत्ता हातमा लिएपछि अहिलेसम्म ४ सयभन्दा धेरै प्रदर्शनकारी मारिएका जनाईएको छ ।