Tuesday, April 21News That Matters

भारतमा एकैदिन ६८ हजार धेरैमा कोरोना सङ्क्रमण पुष्टि

पूर्णपुष्टि, चैत १६ 

भारतमा पछिल्लो २४ घण्टामा ६८ हजार भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने २ सय ९५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

भारतमा ५  लाख २३ हजारभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् । होलीका कारण त्यहाँ कोरोनाको सङ्क्रमण थप बढ्न सक्ने अनुमान गरिएको जनाईएको छ ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै धेरैजसो ठाउँमा सार्वजनिक रुपमा भेला हुन र भीडभाड गर्न रोक लगाइएको छ ।