
गाईघाटमा बिहानी पख होलीको चहल पहल खास देखिएन । कोरोनाको कारण गाईघाटमा गत बर्षको होली र यो बर्षको होलीमा उत्साह देखिदैँन । सचेत नागरिकहरुले यसलाई बिषेश ध्यान दिएर खेल्ने र मापदण्डको अनुसार खेल्नु पर्ने भएकाले पनि बजारमा होलीको रोनक देखिएको छैन् । दिउँसो यसको केहि चहल पहल देखिन सक्ने अवस्था रहेको स्थानीयहरुको भनाई छ । सँधा झै यो बर्ष होली पर्व उत्साह बन्न नसक्दा रंग र होलीको भेस्टहरु पनि उत्ति बिक्रि नभएको व्यपारीहरुको भनाई छ ।

