Sunday, June 28News That Matters

ह्याण्ड सेनिटाईजरको कालो बजारी गर्ने २ जना पक्राउ

सुनसरी, बैशाख ९ गते ।

अबैध रुपमा ह्याण्ड सेनिटाईजर उत्पादन तथा भण्डारण गरी कालो बजारी गर्ने २ जना पक्राउ गरिएको छ । ईटहरीको मनकामना टोलमा संचालित सौर्य केमिकलका संचालक स्थानीय ३० बर्षीय अतित गुरागाँई र जेवी ईन्टरप्राईजेज कस्मेटीक पसलले ईटहरी–६ का ४५ वर्षीय अमरजित गोस्वामी पक्राउ परेका हुन् ।

सम्बन्धीत कुनै निकायबाट अनुमती नलिई सौर्य नामक ह्याण्ड सेनिटाईजर उत्पादन गरी गोस्वामीको कस्मेटीक पसलमा भण्डारण गरी राखेको अवस्थामा मापदण्ड बिपरीत उत्पादन गरिएको ठुलो मात्रामा सेनिटाईजर सहित दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आफु खुसी  स्तर घटाई उत्पादन गरी विभिन्न प्लाष्टिकका बोतलहरुमा लेवल टाँसी बजार मुल्य भन्दा वढी मुल्यमा बेचबिखन गर्न तयार गरिएका ७० तथा ३० एमएलका एक हजार सात सय ७० वटा प्लाष्टिकका  बोतलहरु  बरामद गरेको प्रहरीले जनाएको छ ।

वाग्मती लेखिएको हरियो वाल्टिनमा रहेको सेतो तरल पदार्थ एक सय ६२ लिटर र एक हजार पाँच सय खाली वट्टा तथा ९५ बण्डल स्टिकर समेत वरामद गरीएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई कालो वजार तथा केही अन्य सामाजिक अपराध सजाय ऐन २०३२ वमोजिम म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।