पूर्णपुष्टि, पुष २७
नेपालमा आज कोरोना संक्रमणदर ह्वात्तै बढेको छ । देशभर थप दुई हजार चार सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १४ हजार ३३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट एक हजार नौं सया ८१ जना तथा एन्टिजेन विधिबाट चार सय ६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या नौं हजार पाँच सय २२ पुगेको छ ।
यही अवधिमा थप तीन सय १३ जना निको पनि भएका छन् । हालसम्म देशमा कूल संक्रमितमध्ये आठ लाख १४ हजार सात सय ९८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ । हालसम्म देशमा ११ हजार छ सय सात जनाले ज्यान गुमाइसकेका छन् ।