Tuesday, April 28News That Matters

११ जना बोकेको जीप दुर्घटना : ४ जना अचेत अवस्थामा

पूर्णपुष्टि, वैशाख ४ गते ।
११ जना बोकेको जीप दुर्घटना भएको छ । स्याङजाको वालिङ नगरपालिका–१२ माथिल्लो डाँडाखर्कस्थित फिरफिरे स्कुल नजिकै जीप दुर्घटना भएको हो ।
दुर्घटनास्थलबाट चारजनालाई अचेत अवस्थामा निकालिएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ । अन्य केही घाइतेलाई उद्धार गरी वालिङ अस्पतालमा पठाइएको छ ।
दुर्घटना भएको जीपको नम्बर पनि खुलेको छैन । थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।