
उदयपुर/फागुन, ११
त्रियुगा नगरपालिका वडा नं १३ ले वडा भित्र रहेका गर्ववती महिला तथा २ बर्ष मुनिका बच्चाको अमाहरुलाई २ दिने बहुक्षेत्रीय पोषण अनुशिक्षण तालिम आइतबार देखी दिएको छ । तालिम त्रियुगा नगरपालिका वडा कार्यलय ढिकमा सुरु भएको छ । अनुशिक्षणमा गर्ववती तथा २ बर्ष मुनिका बच्चाको आमा र बच्चाहरुलाई स्वास्थय, खानपान, सरसफाई र पोषणको बारेमा जानकारी गराईने छ ।
वडाले तयार पारेको कार्यक्रम मध्य यो पनि एक महत्वपूर्ण कार्यक्रमको रुपमा रहेको वडाले जनाएको छ । त्यो अवस्थामा आमा र बच्चाको स्याहार सुसार र स्वास्थ्य प्रति अतिनै संवेदनशिलता अपनाउनु पर्ने भन्दै अनुशिक्षण तालिमको आयोजना गरिएको वडाले जनाए । बच्चाहरुमा धरै कुरा आमा बाटै सम्भव हुने हुदा स्वास्थ, सरसफाई र पोषण युक्त बच्चाको हेरचारमा यो अनुशिक्षणले आमाहरुलाई उपलब्धी मुलक बनाउने वडाले जनाएको छ । उत्साहजनक आमा तथा गर्ववती महिलाहरुको सहभागीमा तालिम सुरु भएको छ ।
स्वास्थ्य, खानपान, सरसफाई र पोषणयुक्त बच्चानै भोलि सच्चा नागरिकको परिकल्पना गर्दै पहिलो कुरा आमा बाट यी कुराहरु भने लागु हुनु पेर्ने हुन्छ । गर्ववती अवस्थामा अझै धरै संवेदनशिलता अपनाउन नसक्दा आमा र बच्चामा समेत जोखिम मोल्नु पर्ने अवस्था छ । यस्तो अवस्थामा गर्ववति महिलाहरुले आफ्नो साथै बच्चाको ख्याल गर्न उचित सल्लाह र जानकारी नपाउँदा स्वास्थयमा ठुलो जोखिम मल्नु परेको समेत समस्या छ । त्यस कारणले अनुक्षिण पूर्व सचेतनाको कार्यक्रम अनुरुप समेत गरिएको हो ।
१३ नं वडाका वडा अध्यक्ष पशुपति चौधरीले आमा एक परिवार, समाज र राष्ट्रकै एक विषेश पात्रको रुपमा रहेको बताउनुभयो । उहाँले यसको निम्ति अमामा धरै ज्ञानको विषयहरु हुनु पर्ने बताउनभयो । आमा र बच्चा स्वास्थ्य भएमा मात्रै परिवार, समाज र राष्ट्र सम्भव हुने उहाँले बताउनुभयो । यस्को निम्ति वडाले आमाहरुको लागि थुप्रै सेवा सुविधाहरु लागु गरेको वताउनुभयो । वडामै स्वास्थ्य चौकी रहेको जानकारी गराउँदै उहाँले आवश्यक अनुसारको सेवा लिन सक्ने समेत बताउनुभयो । उहाँले एक सक्षम आमाले मात्र सृष्टिलाई सधै बचाउन सक्ने बताउनुभयो ।
कार्यक्रममा सय भन्दा बढी आमा तथा गर्ववती महिलाहरुले उत्साहजनक सहभागी जनाएको छ । तालिममा मुख्य सहजीकरणको रुपमा १ नं प्रदेशका पोषण संयोजक पुरषोत्तम आर्यल रहेका छन् भने त्रियुगा नगरपालिका वडा १३ की वडा सचिव भिमा राई, त्रियुगा नगरपालिका सरसफाई क्षेत्रकी निर्माला दाहाल, र अनमी युग प्रभा चौधरी लगाएतले तालिमलाई सहजीकरण गर्ने भएको छ । त्रियुगा नगरपालिका १३ नं वडाको आयोजना तथा सहयोगमा तालिम संञ्चालन गरिएको वाडका सचिव भिमा राईले जानकारी दिनुभयो ।
फोटो फिचर


