
उदयपुर/फागुन, ११
उदयपुरको त्रियुगा नगरपालिका वडा नं ६ का मोहम्मद करिब लागुऔषाध सहित आइतबार पक्राउ परेको छ । करिब ३ बजेको समयतिर लाहान बाट गाईघाट तर्फ आईरहेको लु ५५ प ८७६३ नम्बरको मोटरसाईकल चेकजाँचको क्रममा करिबको साथबाट डाइजिल्याब ४ एम्फुल, प्रेमेथाजिम ४ एम्पुल, लुफिन ४ एम्पुल प्रयोग गरेको सिरिन्ज ३ पिस सहित लालपत्ता प्रहरीले करिबलाइ पक्राउ गरेको हो । पक्राउ परेको करिबलाई आवश्यक अनुसन्धान गरी कानुनी अनुसार कार्वाही गरिने प्रहरीले जनाएको छ
