Friday, May 15News That Matters

लागुऔषधसहित १ जना पक्राउ

उदयपुर, फाल्गुन १२ गते । 

त्रियुगाको लालपत्ताबाट लागुऔषधसहित एक जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका–६ लालपत्ताबाट लागुऔषधसहित मोहम्बद काबिर पक्राउ परेको हो ।

लाहानबाट गाईघाट तर्फ आउँदै गरेको लु ५४ प ८७६३ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा मोटरसाईकलमा सवार स्थानीय २२ वर्षीय काबिरको साथबाट डाईजोल्याप ५ पिस, प्रोमेफाजिन ५ पिस, नुफिन ५ पिस र प्रयोग गरेको सिरीन्ज ३ पिस बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेको काबिरलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।