
पूर्णपुष्टि, असार २४
त्रियुगा नगरपालिका १३ नं वडाले वडा भित्र रहेको ४ विद्यालयको ३६ विद्यार्थीहरुलाई छात्रवृति वितरण गरेको छ । वडाले जेहेन्दार र इमान्दार विद्यार्थीहरुलाई १२ सयको दरले छात्रवृति वितरण गरेको हो ।
शैक्षिक क्षेत्रलाई समेत प्राथामिकतामा राखेर विद्यार्थीलाई पढ्न र आर्थिक सहयोगमा टेवा पुराउने भन्दै वडाले विद्यार्थीहरुलाई छात्रवृति वितरण गरेको वडा अध्यक्ष पशुपति चौधरीले बताउनुभयो ।
वडाभित्र रहेको लक्ष्मीपुर मावि, आधारभूत विद्यालय असारी, आधारभूत विद्यालय बहेडुवा, र जनप्रेमी माविका विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको चौधरीले बताउनुभयो ।
छात्रवृति वितरण सँगै वडामा रहेका आठ वाल समूहलाई कार्य संञ्चालनका लागि ८ ओटा बाकस र अन्य आवश्यक सामाग्रीहरु पनि वितरण गरिएको छ । यता विद्यालयहरुलाई पनि खेलकुदको सामाग्रीहरु वितरण गरिएको छ ।
