Thursday, July 9News That Matters

१४ नं वडा प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्य सन्तोषजनक

पूर्णपुष्टि, पुष ९
१४ नं वडामा संञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगतको निर्माण कार्यको पहिलो चरणको अनुगमन भएको छ । सामाजिक बिकास शाखा तथा सुचना अधिकारी विश्वजित राई रोजगार शाखा अधिकृत निशा घले एक वहादुर राउत सहितको टोलीले बिहिवार कार्य स्थलको अनुगमन गरेका हो । उक्त योजना प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वडा समेतको लागत साझेदारीमा संचालन रहेको रोजगार शााखा अधिकृत निशा घलेले बताईन् ।

पुमाङ्ग कदमे खोला सिचाइ निर्माण र छतिवने बलौटे खोला बाध निर्माण कार्यको पहिलो चरणको स्थलगत अनुगमन सम्पन्न गरेको घलेले जनाईन् । यस्तै अनुगमनको क्रममा कार्य संतोषजनक र तीब्र गतिमा भइ रहेको पाइएको जनाईएको छ । यस योजाका कामले पारिश्रमिकमा आधारित सामुदायिक आयोजना र आन्तरिक रोजगारीको शृजना साथै सामुदायिक विकास निर्माणमा पनि महत्त्वपूर्ण टेवा पुगेको छ ।