Sunday, May 17News That Matters

१४ नं वडा साउनेको प्रसुती स्वास्थ्य चौकी भवन सहित सिडि उद्घाटन

पूर्णपुष्टि, साउन ५

त्रियुगा नगरपालिका वडा नं १४ साउनेमा रहेको प्रसुती स्वास्थ्य भवनको उद्घाट त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले सोवार गर्नुभएको छ ।

स्थानीय सरकारको प्रमुख नाराहरु मध्यको एक प्रमुख क्षेत्र स्वास्थ्य पनि हो । सोही अनुसार नै जनताको माग र जनताहरुको स्वास्थय सहजिकरणमा निर्माण भएको भवनको उद्घाटन कार्यक्रमको आयोजना १४ नं वडाले गरेको थियो ।

भवन उद्घाटन सँगै आर्थिक बर्ष ०७७÷०७८ मा नगरपालिकाको जनतासँग मेयर कार्यक्रम अन्तरगत बिनियोजित बजेटबाट दुई सय ५२ मिटर लम्बाई भएको सिडी बाटोको पनि उद्घाटन गरिएको छ । सो सिडि पनि १० लाखमा निर्माण गरिएको थियो ।

टुवाईले सहित ४ कोठा रहेको भवनको सोमबार त्रियुगा नगरपालिकाका मेयर बलदेब चौधरीले उद्घाटन गरेका थिए । त्रियुगा नगरपालिकाको आर्थिक तथा प्राबिधिक सहयोगमा भवन निर्माण भएको वडाअध्यक्ष कुरुङ राईले बताए । अध्यक्ष राईका अनुसार भवन उद्धघाटनसँगै अहिले स्वास्थ्य सेवा संचालनमा आएको छ । भवन ३३ लाखमा निर्माण सम्पन्न भएको थियो ।