
पूर्णपुष्टि, भदौ ६ गते ।
एक १४ वर्षीय बालिका जबरजस्ती करणी गरेको अभियोगमा दुई जना भारतीय नागरिक काठमाडौंबाट पक्राउ परेका छन् । बाललिका करणी गर्ने ३१ वर्षीय ओमबाबु गुप्ता र २२ वर्षीय चन्दन गुप्ता आइतबार पक्राउ परेका हुन् ।
उनीहरूले ललाई फकाई एवं डरत्रास देखाई ती बालिकालाई बलात्कार गरेको खुल्न आएपछि प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

