१५ गते देखि हराएका कामतको शव माछा पोखरीमा फेला

पूर्णपुष्टि, पुष २१
पुष १५ गतेदेखि हराएका एक युवकको शव माछा पोखरीमा फेला परेको छ । मोरङको बिराटनगर महानगरपालिका–११ मा रहेको एक माछा पोखरीमा स्थानीय २८ वर्षीय सुजनको शव फेला परेको हो ।
घर देखि हराईरहेका कामतको खोजतलास गर्ने क्रममा मंगलबार बेलुका साँढे ६ बजे गाउँकै पोखरीमा मृत अवस्थामा शव फेला परेको थियो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: