Thursday, May 7News That Matters

१५ जना तासे पक्राउ

मोरङ, असोज २९ गते । 

मोरङको सुन्दरहरैचाबाट तास खेलिरहेको अवस्थामा १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएका छन् । सुन्दरहरैचा नगरपालिका–७ गोठगाउँबाट मंगलबार साँझ ६ बजे पक्राउ गरेको हुन् ।
स्थानीय गौतमराज पोखरेलको घरमा तास खेलिरहेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी टोलीले तास खालबाट ९७ हजार नौ सय नगद सहित पक्राउ गररेको प्रहरीले जनाएको छ ।
सुन्दरहरैचा–७ निबासी टेकबहादुर विक, भुपाल पौडेल, रेवत रायमाझी, कुलप्रसाद लुईटेल, हिरण्यप्रसाद कोईराला, हिरा भट्टराई, प्रतिपकुमार शाह, विनोद चौधरी, उमेशबहादुर थापा मागर, सुन्दरहरैचा–९ निबासी सजाद मिया, सुन्दरहरैचा–११ निबासी जयप्रसाद घिमिरे, गोपाल पौडेल, काजीराम बस्नेत, र मधुकुमार घिमिरेलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई जुवा ऐन अन्र्तगत कानूनी कारवाही प्रकृया अगाडी बडाएको ईप्रकाले जनाएको छ ।