Thursday, May 28News That Matters

१५ जना विदेशी पर्यटकले सोलु छाड्न मानेन

पूर्णपुष्टि, चैत ३० गते । 

विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड १९) को संक्रमित नेपाल पनि देखा परेपछि सरकारले लागु गरेको लकडाउनमा परेका १५ जना विदेशी पर्यटकले शोलुखुम्बु छाड्न नमानेको पाईएको छ ।

स्थानीय प्रशासनको प्रत्यक्ष निगरानीमा उनीहरु शोलुखुम्बुमा नै स्वईच्छा बसेका हुन् ।

कोरोना भाइरसको जोखिमका कारण देश लकडाउन भएसँगै सोलुखुम्बु भित्रिएका विदेशी पर्यटकहरुको उद्धार गर्ने क्रममा उनीहरु फर्किन नमानेको जिल्ला प्रशासन कार्यालय सोलुुखुम्बुले जनाएको छ । सोलुखुम्बुमै बस्न चाहने पर्यटकहरुमा जापान, फ्रान्स र क्यानडा लगायतका देशका नागरिक रहेको जनाईएको छ ।

जसमध्ये तीन जना सदरमुकाम सल्लेरीमा, ९ जना लुक्लामा र अन्य ३ जना नाम्चेमा बसिरहेको छन् । लकडाउनअघि नै सोलुखुम्बुको भ्रमणमा रहेका पाँच सय २७ जना विदेशी पर्यटक, भरिया तथा गाइडहरुको उद्धार गरी काठमाण्डौ पठाइएको थियो ।

तर ती १५ जना विदेशीहरु भने यही नै सुरक्षित रहेको भन्दै फर्कन नमानेको प्रशासन कार्यालयले जनाएको छ । उनीहरुको भिसा अवधि बाँकी रहेको छ भने स्वास्थ्य स्थिति पनि सामान्य रहेकाले जिल्लामा बस्न अनुमति दिइएको प्रशासन कार्यालयले जनाएको छ ।