Thursday, May 28News That Matters

लकडाउनमा वन फडानी

कटारी, चैत्र ३० गते ।

लकडाउनको बेला उदयपुरको एक सामुदायीक वन क्षेत्रमा रुख कटान गरेको छ । कटारी नगरपालिका–२ स्थित ताला खोला किरानाको सामुदायीक वन क्षेत्र भित्र सिसौ प्रजातिका रुख कटान गरेकोे हो ।

विश्वर महामारीको रुपमा फैलदै गएको कोरोना भाईरस (कोभीड १९) को संक्रमण नेपालमा पनि देखा परेपछि सरकारले कोरोनाको संक्रमण फैलिन नदिनका लागी लागु गरिएको लकडाउनको उल्लघन गर्दै कसैलाई जानकारीसमेत नगरराई वन कटान भएको स्थानीयहरुले बताएका छन् ।

रुख कटान गर्ने व्यक्तिहरुले वनसँग अनुमति लिएर कटान गरेको भन्ने गरेको स्थानीय उदित खनालले बताए । यस्तो अवस्थामा उपभोक्तालाई समेत जानकारी नगराई आफु खुसी रुख काटान गरि तीन ट्याक्टर सिसौ काटेर लागेको उनले बताए ।

वन कार्यलयले सिसौ काट्नका लागी कुनै अनुमति नदिएको डिभिजन वन कार्यलय त्रिवेणीका प्रमुख उपेन्द्र पटेलले बताए । बिना अनुमति रुख काटिएको भए कानून अनुसार कारबाही हुने उनले बताए ।