Thursday, May 28News That Matters

१३ जनाको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’

पूर्णपुष्टि, चैत ३० गते ।

अर्घाखाँची जिल्लामा क्वरेण्टीनमा रहेका १३ जनाको ¥यापिड टेस्टमार्फत कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।

सन्धिखर्क नगरपालिका १ को युवा वर्ष रविचित्र माध्यमिक विद्यालयको क्वरेण्टीनमा रहेका सात जना भूमिकास्थान नगरपालिकामा रहेको ढाकाबाङ्गको क्वरेण्टीनमा रहेका ६ जनार्को यापिड टेस्ट गरिएको अर्घाखाँची अस्पतालले जनाएको छ ।

नेगेटिभ रिपोर्ट आएकाहरुलाई घर पठाइएको र ७ दिन घरमै क्वरेण्टीनमा सुरक्षित बस्न आग्रह गरिएको छ ।