१५ नं वडाको रानीवासदेखी हुवास सम्मको कालोपत्रे गुणस्तरहिन, डहरसम्मै चित्तबुझ्दो नभएको भन्दै स्थानीयको आक्रोश

बिक्रम राई

पूर्णपुष्टि, मंसिर २
सडकको लागि कालोपत्रे सुविधा सम्पन्न र अन्तिम प्रक्रियाको रुपमा मानिन्छि । सडकहरुको बिभिन्न चरण पार गर्दै अन्तिममा कालोपत्रेले ढाकेर सहज, सुविधा सम्पन्न र सडकको मापदण्ड पुरा गरिन्छ ।
यो निकै दिगो हुनुपर्छ भन्ने मान्यताले नै धेरै लागत, धेरै सामान, मेहनत र बभिन्न आवश्यक मापदण्ड अनुरुपका मेटिरियलहरुको आवश्क पर्छ । सडक दिगो, सहज र सुविधा सम्पन्न बनाउनकै लागि कालोपत्रे गरिन्छ ।

तर पनि निर्माण कम्पनीको लापर्वाही र स्वार्थपुर्ण कामले भने कालोपत्रे जस्तो दिर्गकालिन विकासलाई समेत असर पार्छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १५ स्थित रानीवास–हुवास डहर सडक खण्डको कालोपत्रे पनि ठेकेदारको स्वार्थपुर्ण काम र लापर्वाहीको असरमा परेको छ । निर्माणकै क्रममा बत्किन सुरु गरेको सो सडकको कालेपत्रेको हालत यतिवेला झन जिर्ण बन्दै गएको छ । काम भएको पुरा ६ महिना नपुग्दै सडकको कालोपत्रे उकिनुका साथै भत्किएर सकिएको स्थानीयवासी केसव गुरागाईँले बताए । गुराँगाईले यो ठेकेदारहरुको लापर्वाही र गुनस्तरहिन कामको परिणाम भएको जनाएको छ ।

उनले कालोपत्रेमा लाग्ने पूर्ण सामनहरु पनि निर्माणको क्रममा नलगाएको र मापदण्ड अनुरुपको सामन नपुगेकाले कालोपत्रे नटिकेको बताए । कालोपत्रेमा आवश्यक सब–बेस, बेस लगायतका सामानहरु पनि कम्जोर रहेको स्थानीयहरुको भनाई छ । पिच पनि हतारमा हालेको उनिहरुले जनाएको छ । बिहान लिएर आएको पिच बेलुकै समय नपुगीनै हालेर काम गरेको स्थानीयहरुले आरोप लगाएको छ । यसरी समय अनुरुप पार्दशी काम नहुँदा कालोपत्रेको हालत जिर्ण भएको गुरागाईँले बताए । जेठ २ मा सकिएको कालोपत्रे निर्माणकै क्रममा एक महिना नपुग्दै भत्किन थालेको स्थानीय नविन गुरागाईँले बताए । उनले बर्खाको समयमा काम गर्दा ठेकेदारले होस नपुराई काम गरेको समेत बताए । बर्खामा नालीको व्यवस्था नगरिनै काम गर्दा पानीले समेत काममा क्षती पुराएको थियो । जथाभावी पानीको नाली बगाउनाले पहिरो तथा बाढीले कालोपत्रेलाई पूर्ण असर गरेको गुरागाईँको भनाई छ ।

रानीवास देखि हुवास सम्मको कालोपत्रेको ठेक्काको काम पवित्रा निर्माण सेवाले लिएको थियो । सो कम्पनीका ठेक्कदार केदार दाहाल रहेको स्थानीयहरुले जनाए छ । सडक डिभिजन कार्यालय लाहानको करोडौँ लगानीमा बनेको सडक ६ महिनामै जिर्ण बनेको र ५० प्रतिशत भत्केर सकिएको स्थानीय योगेश नेपालीले बताए । नेपालीले कालोपत्रेको बेसनै उकिएर जिर्ण अवस्थामा पुगेको जनाएको छ ।

यो सडक प्रदेश नं १ को सम्भावित पर्यटकिय स्थल र उदयपुरको प्रमुख पर्यटकिय स्थल रौता पोखरी सम्म जोडिने मुख्य आकर्षणको रुपमा परिचत सडक हो । हाल सगरमाथा हाईवे बाट शाखा छुटिएर रानीवास बाट रौता तर्फ लागेको यस सडकमा डहर सम्मै कालोपत्रेको काम भएको छ । रानीवास देखी हुवास सम्म जेठ २ मा कालोपत्रेको काम सकिएको थियो भने हुवास देखी डहर सम्म भने दशैँ आसपासमा सकिएको थियो ।

सहजका लागि बनाइएको पिच बाटोमै दुर्घटना हुने डर

हुवास देखी डहर सम्मको पिचको होम पायव हाल्ने भाग छोडेर १६८० मिटर कालोपत्रे पनि उत्ति चित्त बुझ्दो नरहेको स्थानीयहरुले जनाएको छ । स्थानीय तथा बरुवा डहर माविका प्रध्यापक तेज कुमार राईका अनुसार हुवास देखी डहर सम्मको कालोपत्रे निर्माणको काममा पनि ठेकेदारको लापर्वाही देखिएको थियो । पछि स्थानीयहरुले विरोध गर्न थालेपछि केहि सुधार गरेर रानीवास हुवासको भन्दा केहि राम्रो बनाएको राईले बताए । बर्खाकै बेला नाली तथा ढलको उचित व्यवस्थापन विनै हतारमा कालोपत्रे गर्दा काम खराब देखिएको थियो । पछि स्थानीय, बुद्धिजिवी र टोल विकास संस्थाले आपत्ति जनाएपछि थोरै काममा सुधार गरी काम राम्रो गर्न निर्माण कम्पनीले प्रयास गरेको थिए । स्थानीयवासी सुमन राईले डहर सम्मको कालोपत्रेमा पनि ठेकेदारको मनपरीकै कारण सोचे जति राम्रो नभएको जनाएको छ ।

राईले मापदण्ड पुरा नगरी काम निर्माणको क्रममा सडक आसपासको नालीहरुलाई व्यवस्थापन नगरी कम सामानहरुमा काम गरेपछि कालोपत्रे सडकको स्थानीयहरुलाई चित्त बुझाई नरहेको गुनासो गरेको जनाए । प्रध्यापक राईले सडकको लागि ल्याएको सामानहरुको उचित व्यवस्थापन नहुँदा स्कुललाई समेत क्षती पुराएको जनाएको छ । राईले सडकको वालुवा पानीले बगाएर स्कुलमा असर पुगेको समेत बताए । आफुहरुले बाराम्वार यसबारे जानकारी गराउँदा पनि सम्बन्धित निकायहरुले चासो नदिएको प्रध्यापक राईले गुनासो गरे । रानीवास देखी हुवास सम्म पवित्रा निर्माण सेलाले काम गरेको भएपनि हुवास देखि डहर सम्मका लागि अर्के फर्मले काम गरेका थिए ।

हुवास डहर सम्मको कालोपत्रेका लागि ठेकदार सुमन्त कोईरालाको ठेक्का रहेको स्थानीयहरुले जनाएका छ । यता कोईरालाले भने आफ्नो ठेक्का नरहेको यो अकै लाहानको फर्मले काम गरेको बताए । कोईरालाले सडकको लागि आफ्नो सामानहरु चै प्रयोग भएको जनाए । कोइरालाले हुवास देखी डहर सम्म स्टिमेट अनुसार चै काम सकिएको भएपनि माटो हाल्ने काम चै बाँकी रहेको जनाए ।
वडा नं १५ का वडाअध्यक्ष निर बहादुर मगरले कालोपत्रे भत्किएको र जिर्ण भएको स्वीकार गरेको छ । अध्यक्ष मगरका अनुसार रानीवास देखी डहर सम्म अन्दाजी ७ करोडको बजेटमा निर्माण भएको कडक जिर्ण अवस्थामा पुगेको स्वीकारेको छ । रानीवास देखी हुवास सम्म ५ करोडको हाराहारीमा बजेट रहेको र हुसास देखी डहर सम्मको लागि २ करोड छुटाइएको अध्यक्ष मगरले बताए । यता हुवास देखी रानीवास सम्म हाल सम्म १ करोड १२ लाखको मात्रै काम भएको अध्यक्ष मगरको भनाई छ ।

मगरले कालोपत्रे जिर्ण भएको स्वीकार गर्दै स्थानीयहरुले यसको बिरुद्धमा आवाज उठाउनु स्वभाविक रहेको समेत जनाए । निर्माणकै क्रममा गुनस्तर काम र व्यवस्थापन गरी काम गर्न आग्रह गर्दा गर्दै पनि निर्माण पक्षले वास्ता नगरिदँदा यस्तो अवस्था आएको अध्यक्ष मगरले बताए । उनले ठेक्दार कम्पनीहरुले आफुले भनेको कुराहरु वास्ता नगरेको र अन्तिममा सडको हालत यहाँ सम्म आएको बताए ।
उनले बर्खामा गरिएको कामका कारण पनि कालोपत्रे जिर्ण अवस्थामा पुगेको जनाए । त्यो वेला कामलाई व्यवस्थापन गरी होसियारका साथ गरेको भए यो सम्मको क्षती पुग्ने थिएन, अध्यक्ष मगरले भने”,
अध्यक्ष मगरले यस बारे आफुले सम्बन्धि निकाय सँग पटक पटक कुरा उठाएको पनि जनाएको छ । उनले कार्यालयमा कुरा उठाउँदा निर्माण कम्पनीहरुलाई पत्र काटिसकेको र फेरी निर्माण कम्पनीले भने आफुहरुलाई पत्र नकाटेको बताउने गरेको जनाएको छ ।

अध्यक्ष मगरले आफुले धेरै पटक पवित्रा निर्माण सेवा कम्पनी सँग पनि कालोपत्रे सुधारका लागि कुराहरु उठाईरहेको जनाए । मगरका अनुसरा भोली बाट नै कालोपत्रे सडक सुधारका लागि काम गर्ने कार्मचारी बाट आफुलाई जानकारी आएको पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: