Friday, June 12News That Matters

१६ नं वडाका बिजयीले भव्य मनाए बिजयी उत्सव

पूर्णपुष्टि, जेष्ठ ११
त्रियुगा नगरपालिका वडा नं १६ का निर्वाचित जनप्रतिनिधि र कार्यकर्ताहरुले भव्य बिजयी उत्सव मनाएका छन् । १६ वटा वडामा गठबन्धन बाट माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार मन वहादुर राईको प्यानलै बिजयी बनेका छन् । अध्यक्ष निर्वार्चित राईले ९३२ मत ल्याएर भारी मतले बिजयी हाँसिल गरेका छन् । बिजय पश्चात कार्यकर्ता तथा नेताहरुले जनप्रतिनिधिहरुलाई खादा माला र अबिरले पहिराउँदै बजार परिक्रमा गराएका थिए । उनिहरुले पिपलचोकमा कोणसभा समेत गरे ।