
पूर्णपुष्टि, ९ जेष्ठ ।
त्रियुगा नगरपालिका वडा नं १६ मा दुई सिँचाई योजनाको उद्घाटन भएको छ । वडामा रहेको बगरखेत सिचाई कुलो मर्मत र जाँते सिँचाई कुलो मर्मत योजना सम्पन्न सँगै उद्घाटन भएको हो । एकै पटक उद्घाटन गरिएको सिँचाई योजना संञ्चालनमा समेत आईसकेको छ । बुधबार बिहान त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राईले मर्मत सम्मन्न योजनाको उद्घाटन गरेको हो । वडा अध्यक्ष मान वहादुर राईले सिँचाई योजना मर्मत पछि स्थानीय कृषकहरुलाई ठुलो राहत मिलेको जनाए । राईका अनुसार उक्त सिँचाई मर्मत बाट २२५ घर परिवार लाभान्वीत बनेको छ ।
करिब ५० बिगाहा जमिनलाई उत्पादनमुखी बनाउन यस सिँचाई योजनाले मदत गरेको अध्यक्ष राईको भनाई छ । उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य तथा वडा सदस्य गोमा कार्की, कुन्ता परियार, घमान सिंह राई, रामनारायण श्रेष्ठ, वडा सचिव महेश खनाल, स्थानीय शिक्षक कुमार राई लगायत बुद्धिजिवी साथै सम्पूर्ण कृषक तथा स्थानीयहरुको उपस्थित रहेको थियो । ७२१ मिटर सिमेन्टको उक्त कुलो सिँचाई मर्मतका लागि त्रियुगा नगरपालिका साना सिँचाई कार्यक्रम अन्तर्गत २६ लाख २५ हजार र २०३ मिटर सिमेन्ट सिँचाई निर्माणका लागि प्रदेशको ७ लाख बजेट बिनियोजन भएको अध्यक्ष मान वहादुर राईले जनाए ।