Friday, June 12News That Matters

१६ नं वडामा मान वहादुर राईको दोस्रो कार्याकाल सुनिश्चित

पूर्णपुष्टि, जेष्ठ ११
त्रियुगा नगरपालिका १६ नं वडाको अन्तिम मत परिणाम सार्वजानिक हुने अवस्थामा छ । यसै मतको आधार मान्दा सो वडामा गठबन्धन तर्फका माओवादी केन्द्रका उम्मेदवार मान वहादुर राईको जित सुनिश्चित देखिएको छ । राईले नेपाली कांग्रेस र नेकपा एमालेका दुवै प्रतिस्पर्धीलाई अत्यादिक मतान्तरले पछि पारेको छ ।

पछिल्लो १२ सय गणनाको मत परिणाममा राईलाई ७५९ मत प्राप्त भएको छ । राईको प्रतिद्धन्दी नेपाली कांग्रेसका राम वहादुर मगरको २६० मत आएको छ भने एमालेका बिष्णु मगरको ११६ मत आएको छ । यस्तै त्यस वडावाट मेयर पदको उम्मेदवार वलदेव चौधरी र उपमेयर गिता खड्कालाई पनि राम्रो मत प्राप्त भएको छ । पछिल्ला मतपरिणाम अनुसार उक्त वडाबाट चौधरीलाई ६१२ मत प्राप्त भएको छ भने उपप्रमुखलाई ६६८ मत प्राप्त भएको छ । यस्तै एमालेका १९० मत प्राप्त हुँदा नेपाली कांग्रेसका बसन्त वस्नेतलाई २७३ मत आएको छ ।