Monday, March 17News That Matters

१६ नं वडा चिलाउने स्वास्थ्य चौकीको अब आफ्नै एम्वुलेन्स, सुत्केरीका लागि निशुल्क सेवा

पूर्णपुष्टि, २३ भदौ ।
त्रियुगा नगरपालिका वडा नं १६ मा रहेको चिलाउने स्वास्थ्य चौकीबाट अब एम्वुलेन्स सेवा पनि सुचारु हुने भएको छ । स्वास्थ्य चौकीलाई एम्वुलेन्स प्रदान गरेपछि थप सेवा स्वास्थ्य चौकीबाट सुरु हुने भएको हो । वडा सरकार र बित्तिय संस्थाहरुको आर्थिक सहयोगमा स्वास्थ्य चौकी चिलाउनेलाई एम्वुलेन्स प्राप्त भएको हो ।

उक्त एम्वुलेन्स शनिवार स्वास्थ्य चौकीलाई हस्तान्तरण समेत भैसकेको छ । एम्वुलेन्स सेवा समेत संञ्चालनमा आउने भएपछि वडावासीहरु उत्साहित बनेको छ । वडा अध्यक्ष मान वहादुर राईले स्वास्थय क्षेत्रमा थप प्रभावकारी सेवाको लागि एम्वुलेन्स व्यवस्था गरिएको जनाए । हाल उक्त वडामा ३ ओटा स्वास्थय चौकीहरु छन् । त्यस मध्ये चिलाउने स्वास्थ्य चौकी निकै पुरानो स्वास्थ्य चौकी पनि हो ।

बिकट वडामा रहेको स्वास्थ्य चौकीले अब एम्वुलेन्स सेवा समेत थप गरेपछि सेवाहरु प्रभावकारी बन्दै जानेमा वडावासीहरु विश्वास्त बनेका छन् । अध्यक्ष राईले उक्त एम्वुलेन्स कार्यविधि बनाएर संञ्चानलनमा ल्याउने जनाए । एम्वुलेन्स सेवालाई चुस्तदुरुस्त बनाउँदै बिरामीहरुलाई सँधै सेवा प्रदान गर्न वडाले कार्यविधि तयार गरिसकेको राईको भनाई छ । राईले वडावासीहरुलाई न्युनतम शुल्क त्यसमा पनि बर्ग छुटाएर सेवा दिने वडाको उदेश्य रहेको जनाए । सुत्केरी तथा गर्भवती महिलाहरुलाई भने निशुल्क सेवा दिने अध्यक्ष राईले जनाए ।

एम्वुलेन्स हस्तान्तरण गर्दै त्रियुगा नगरपालिकाका मेयर बसन्त वस्नेतले वडावासीहरुलाई स्वास्थ्य सेवामा थप सहजताको प्रयास भएको जनाए । अन्य वडाहरुको दाँजोमा यस वडामा सबैभन्दा बढी स्वास्थ्य चौकीहरु समेत रहेको जनाए । वडामा सुकौरा, चिलाउने र जाँतेमा गरी ३ ओटा स्वास्थ्य चौकीहरु रहेका छन् । मेयर बस्नेतले उक्त एम्वुलेन्सलाई सहिसदुपयोग गरी नाफा मुलकमा भन्दा पनि सेवा मुलक हिसावले संञ्चालन गर्न आह्वान गरे ।

चिलाउनेका स्वास्थय इन्चार्ज सुरेश कुमार अधिकारीका अनुसार २० लाख ८ हजार लागतमा एम्वुलेन्स खरिद गरिएको जनाए । एम्वुलेन्स खरिदका लागि वडा कार्यालयले ५ लाख, सानिमा जिआईसी इन्स्योरेन्सले १५ लाख र माछापुच्छ्रे« बैँकले ५ लाख सहयोग गरेका थिए । जम्मा २५ लाख बराबर एम्वुलेन्स खरिदका लागि रकम उपलब्ध भएका थिए । एम्वुलेन्स दरिद सँगै गाडीको एसोसरिज डेकोरेसनमा २ लाख ६ हजार, गाडीको बार्षिक बिमा २५६१७, गाडी दर्ता तथा पास खर्च ८१४५, एम्वुलेन्स ड्राईभर खर्च ७ हजार, एम्बुलेन्स ड्राईभर छनौँट १५५००, इन्धन खर्च १३ हजार खरिद तथा भन्सार ७३५५० गरी कुल २३ लाख ६० हजार खर्च भएको र १ लाख ३९ हजार मौज्दात समेत रहेको अधिकारीले जनाएको छ ।