Saturday, June 13News That Matters

१६ नं वडा सुकौरामा मुटु जाँच सेवा संञ्चालन

पूर्णपुष्टि, असार ४
त्रियुगा नगरपालिका वडा नं १६ सुकौरामा मुटुँ जाँच सेवा संञ्चालनमा आएको छ । आधारभूत स्वास्थ्य सेवा केन्द्र सुकौरालाई मुटु जाँच सम्बन्धि ECG न्मेशिन हस्तान्तरण सँगै अब निरन्तर जाँच हुने वडाअध्यक्ष मान वहादुर राईले जनाए ।

वडाअध्य राईले आफुले सो वडामा जित्दै गर्दा पदभारको दिन घोषणा गरिए निर्णय अनुसार बिहिबार स्वास्थय क्षेत्रबाट काम प्रतिवद्धता सुरु गरेको जनाएको छ ।
यस सेवाले दुरदराज कठिन भुगोलमा बसोवास गर्ने र आर्थिक अवस्था कमजोर भएका पछाडि परेका समुदायका स्थानीयबासिलाई प्रत्यक्ष लाभ अध्यक्ष राईले जनाए।

मानव शरिरमा मुटु एक महत्वपूर्ण अंगको रुपमा लिईन्छ । यस अंगको जाँचमा ठुलो रकम र सबै ठाउँमा उपलब्ध नहुँदा दुरदराज र आर्थिक समस्यामा परेका जनताहरुले मुटुको अवस्थाबारे बुझ्नै सक्ने अवस्था हुँदैन् । यसरी स्थानीय स्थरमै प्रविधि मेशिन उपलब्ध हुँदा त्यहाँको स्थानीय तथा वडावासीहरुमा खुसी छाएको छ । अहिले यस किसिमको सेवाले आम नेपालीहरुमा देखिएको मुटु रोग सम्बन्धि जटिल समस्याहरुमा समयमै चेक जाँच गरि स्वास्थ जीवन जिउन सहयोग पुग्ने भन्दै वडाले यस सेवा सन्चालनमा जोड गरेको हो ।