Monday, May 18News That Matters

१७ बर्षिया किशोरीको बिभ*त्स ह*त्या, ब*ल*त्का*र पछि ह*त्या भएको आफन्तको भनाई

पूर्णपुष्टि, माघ २४

बैतडीमा १७ बर्षिया एक किशोरीको बिभत्स ह*त्या भएको छ । स्कल गएकी किशोरी साँझ सम्म घर नफर्केपछि परिवारले खोजतलास गर्ने क्रममा वि*भ*त्स अवस्थामा उनका शव फेला परेको हो ।

परिवार आफन्त र स्थानीयले किशोरीको ह*त्या ब*ल*त्का*र पछि भएको बताएको छ । दोगडाकेदार गाउँपालिक–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ह*त्या भएको प्रहरीले जनाएको छ । बुधबार घरबाट बिद्यालय गएकी किशोरी साँझ सम्म नफर्केपछि परिवार खोजीमा जुटेका थिए ।

परिवारले छोरीको कुनै अत्तोपत्तो नलागेपछि नजिकैकको स्थानीय प्रहरीलाई परिवारले खबर गरेका थिए । किशोरीको शव बिहीबार साँझ ५ बजेतिर ह*त्या गरी फालिएको अवस्थामा नजिकैको लबलेक जङ्गलमा फेला परेको थियो । मृत्युबारे अनुसन्धान गर्न शुक्रबार तालीम प्राप्त कुकुरसहितको टोली परिचालन गरिएको छ  ।

प्रहरीले मृतक किशोरीको शव परीक्षण गरेपछि मात्रै ब*ला*त्का*र भए नभएको बारेमा थाहा हुने जनाएको छ । तर किशोरीको ह*त्या भएको कारण ब*ल*त्का*र पछि भएको हो कि भन्ने कुरा आफन्तहरुबाट आएको प्रहरीको भनाई छ ।

विद्यालयबाट फर्कंदा उनको घर पुग्न २० मिनेट पैदल दूरी बाँकी रहेको लवलेक जंगलमा खोचलेक–गिरेगडा ग्रामीण सडकबाट करिब ५० मिटर तल झाडीमा बी*भ*त्स अवस्थामा श*व भेटिएको बैतडीका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले बताए । किशोरीको शरीरमा चोटपटक देखिएको र मृ*त्यु शंकास्पद रहेको डीएसपी अधिकारीले बताएको छ ।

किशोरीको ब*ला*त्का*र पछि नै ह*त्या भएको भन्दै दोगडाकेदारका विद्यार्थी र स्थानीयले शुक्रबार दोषी पक्राउको माग गर्दै प्रदर्शन समेत गरे । उनीहरूले खोचलेकमा नाराबाजी गर्नुका साथै महाकाली लोकमार्गमा चार घन्टा आवागमन अवरुद्ध पारेका थिए ।

‘मृ*त्यु शंकास्पद भएकैले काठमाडौंबाट विशेष प्राविधिक टोली, प्रदेशबाट एसएसपी जनकराज पाण्डेको टोलीसँगै तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलमा खटिएको छ । डीएसपी अधिकारीले भने, ‘पोस्टमार्टम रिपोर्ट आइनसकेकाले यसरी नै भयो भनेर भन्न सकिने अवस्था छैन ।

घटना शंकास्पद भएकाले दोषीको खोजी तीव्र पारिएको उनले बताए । शुक्रबार प्रहरीले श*व पोस्टमार्टमका लागि जिल्ला अस्पताल पु¥याएको छ । प्रहरी स्रोतका अनुसार घटनास्थल नजिकै भागीरथीले प्रयोग गर्ने मोबाइल भेटिएको छ । मृतकको शरीरमा दाँतले टोकेका घाउ र अन्य चोटपटक पनि छन् । कपडा च्यातिएको अवस्थामा फेला परेका छन् । शरीरका भित्री कपडामा रगत लागेको पनि भेटिएको छ । उनले बोकेको झोला पनि सँगै भेटिएको स्रोतले जनाएको छ ।

बिद्यालयको प्राचार्य बलदेव नाथले बुधबार भागीरथी बिहान १० बजे विद्यालय आएर २ बजे पढाइ सकिएपछि घर फर्किएको बताए । विद्यालयबाट करिब ७ मिनेटको पैदल दूरीमा रहेको खोचलेक बजारसम्म घरनजिकैका आफन्त विद्यार्थीका साथै आएकी थिइन ।

दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म मावि कक्षा १२ मा अध्ययनरत भागरथी भट्ट घरको एक्लो साहारा थिईन् । परिवारको आर्थिक स्थिति कम्जोर रहेकाले घरमा सबै रेख देखको जिम्मेवारी सम्हालेकी उनि पढाई पछिको सबै समय घरायसी काममा व्यस्त रहन्थीन् । मधुमेहका बिरामी ५२ वर्षीय बुबा कृष्णानन्द भट्टको दुई महिनाअघि उपचारक्रममा धनगढीमा मृत्यु भएपछि भागीरथी भट्टका दुःखका दिन सुरु भयो ।

आमाको रेखदेखमा बिषेश ध्यान पुराउँदै आएकी उनी अहिले आफै हत्याको सिकार भईन् । जिम्मेवार छोरीको त्यस्तो खबर आउने बित्तिकै आमाको अझै राम्रो सँग होस खुलेको छैन् ।