Monday, April 20News That Matters

१८ लाख बढी नगद सहित १३ जुहाडे पक्राउ

पूर्णपुष्टि, असोज ७
काँडाघारी प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका–७ हरमहादेवस्थित कमल दाहालको घरबाट १८ लाख ७५ हजार नगद सहित १३ जुहाहडेलाई पक्राउ गरेको छ । जुवा खेलिरहेको अवस्थामा बिहीबार बिहान १३ जनालाई पक्राउ गरेको हो । उनिहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले पैसाको ठूलो हारजित हुनेगरी जुवा खेलिरहेका अवस्थामा सात बुक ताससहित नियन्त्रणमा लिएको जानकारी दिए ।
पक्राउ व्यक्तिसँग प्रहरीले नगद, सात बुक तास र विभिन्न कलरका क्वाइन बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।