Thursday, May 7News That Matters

१९ लाख ठगेर फरार केसी पक्राउ

भदौ २४ गते । 

बैदेशिक रोजगारीमा मकाउ पठाउने भन्दै ठगी गरेर दुई महिनादेखि फरार भएका एक व्यक्ति पक्राउ परेको छ । रौतहट चन्द्रपुर नगरपालिका–३ घर भएका (हाल काठमाडौं महानगरपालिका–५) बस्ने विनोद बस्नेत (विनोदमणि) भन्ने ४२ वर्षीय राजु केसी पक्राउ परेको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले सोमबार दिउँसो काठमाडौंको हाँडीगाउँबाट केशीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । राम्रो तलबमा मकाउ पठाई दिने भन्दै प्रलोभनमा पारेर ६ जनाबाट १९ लाख १० हजार रुपैयाँ लिएर गत जेठदेखि फरार भएको अपराध महाशाखाले जनाएको छ ।

पक्राउ परेका केसीको साथबाट फरक–फरक नाममा रहेका दुईवटा सवारी चालक अनुमति पत्रसमेत बरामद भएको महाशाखाले जनाएको छ ।

गोरखा पालुङटार नगरपालिका–८ निबासी रामशरण कोइरालासहित ६ जनाले जेठ १४ गते संयुक्त जाहेरी दिएपछि महाशाखाको टोलीले केसीलाई पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ ।