
पूर्णपुष्टि, जेष्ठ २८
१९ वर्षीया एक किशोरीमाथि सामुहिक बलात्कार भएको छ । कञ्चनपुरको वेदकोट नगरपालिका–५ मा स्थानीय युवतीमाथि दुईजना युवकले बलात्कार गरेको हो ।
बलात्कार गरेको आरोपमा वेदकोट नगरपालिका–६ का २३ वर्षीय धनबहादुर विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो ।
प्रहरी नायव उपरीक्षक थापाका अनुसार बलात्कारमा संलग्न स्थानीय अर्का आरोपी भने फरार रहेको छ । उनको खोजी कार्य भइरहेको छ ।
बिहीबार नर्सरीमा उनीहरुसँगै घुम्न गएका बेला किशोरीमाथि दुवैजनाले बलात्कार गरेको डिएसपी थापाले जानकारी दिनुभयो ।
राति करिब ९ बजेतिर सामूहिक बलात्कार गरेको खबर प्राप्त भएपछि जिल्लाबाट खटिएको प्रहरी टोलीले आरोपी मध्येका विकलाई शुक्रबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीका अनुसार युवतीको राति नै स्वास्थ्य परिक्षण गरिएको छ । रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
