Thursday, June 11News That Matters

१९ वर्षीया सुत्केरी महिलाको मृत्यु

पूर्णपुष्टि, साउन २२ गते ।
१९ वर्षीया एक सुत्केरी महिलाको अकालमै ज्यान गएको छ । पाँचथरको सदरमुकाम फिदिममा रहेको गणेशमान सिंह सामुदायीक अस्पतालमा ज्यान गएको हो । फिदिम नगरपालिका–६ की १९ वर्षीया करिना फागो (तुम्रोक) को शनिवार बिहान सामान्य बच्चा जन्मीएकी उनको बेलुका ज्यान गएको थियो । उनलाई रगत कम देखिएको र थप रगत दिइएको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।
पछि थप उपचारका लागि एम्बुलेन्सबाट झापा लैजाने तयारी हुँदा बेहोस भएपछि उहाँको ज्यान गएको अस्पतालले जनाएको छ ।