१ नेपालीले ७ भारतीय प्रयोग गरी मोरङको सिटिजन बैँक लुटेको प्रहरी अनुसन्धानमा खुल्यो

पूर्णपवुष्टि, असोज २६
७ भारतीयको संलग्नमा मोरङका सिटिजन बैँक लुटपाट भएको भने पनि यसमा मुख्य योजनाकार भने नेपाली नै रहेको अनुसन्धानमा खुलेको छ ।
मोरङको कमर्सियामा रहेको उक्त सिटिजन बैँक सोमबार दिउँसो ८ जनाको समूहले लुटपाट गरेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार सोमबार राति करिब १० बजे बैंकले २१ लाखभन्दा बढी रकम लुटपाट भएको जानकारी गराएको हो ।

उनले लुटपाटमा संलग्न मुख्य योजनाकारसहित तीन जनालाई पक्राउ गरिसकेको जनाए । हतियारसहित आएको समूहले बैंकको सो शाखाबाट २१ लाख ७० हजार ५ सय ६३ रुपैयाँ लुटेको जनाएको छ । सो रकम लुटेरा समूहले नै लुटेको निष्कर्षमा प्रहरी प्रशासन पुगेको छ ।

प्रहरीका अनुसार बैँक लुट्ने मुख्य योजनाकार बिराटनगर माहानगरपालिकाका–३ मुनालपथका ३२ वर्षीय श्याम मुखिया भएको र अन्य भारतीय नागरिकलाई उनले नै बोलाएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार चारवटा मोटसाइकलमा ८ जनाको समूह आएको थियो । ती मध्ये एउटा मोटरसाइकलसहित तीन जना पक्राउ परेका छन् ।लुटपाटमा प्रयोग भएको पेस्तोल पनि भेटिएको छ । उनिहरुले सोमवार दिउँसो सामुहिक बैँक भित्र पसेर पैसा लुट्न खोज्दा सुरक्षा गार्ड सितल कुबँरले रोक्ने प्रयास गरे । लुटेरा समूहले पेस्तोल देखाएपछि कुँवरले उनीहरुको हतियार खोस्न खोजे । सो क्रममा लुटेरा समूहले २ राउण्ड गोली चलायो । एक राउण्ड गोली सुरक्षा गार्ड ३७ वर्षीय शितल कुँवरको घाँटीको पछाडिपट्टी भन्दा केही तल लागेको छ । लुटेरा समूहले चलाएको अर्काे गोली भने आफ्नै सदस्यलाई लाग्यो ।

क्राउ पर्नेमा मुखियासहित भारतको अररिया जिल्लाको शिवपुरका सुनिल यादव र विजय बहरदार छन् । पक्राउ परेका बहरदारको तिघ्रामा गोली लागेको छ । घाइतेलाई लिएर भाग्दै गर्दा सीमावर्ती क्षेत्रबाट उनीहरु पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: