
पूर्णपुष्टि, जेठ २० गते ।
आज १ नं प्रदेशमा थप १८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानबाट थप १८ जना कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका हुन्् ।
झापाका १७ जना पुरुष र सुनसरीकी एक महिला गरी १८ जना उपचारपछि निको भएर डिस्चार्ज भएको जनाईएको छ । डिस्चार्ज भएकाहरु १७ देखि ५२ वर्ष उमेर समूहका हुन् । उनीहरु सबैको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रतिष्ठानले जनाएको छ ।
योसँगै १ न. प्रदेशमा कोरोनाबाट मुक्त हुनेको संख्या ४८ पुगेको छ । विराटनगर कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रबाट ३० जना डिस्चार्ज भईसकेका छन् ।
