Tuesday, June 30News That Matters

१ न. प्रदेशमा थप ७० जना कोरोना मुक्त

पूर्णपुष्टि, असार १२

आज १ न. प्रदेशमा थप ७० जना उपचारपछि निको भएका छन् । यो सँगै १ न. प्रदेशमा निको हुनेको संख्या ३ सय ५५ पुगेको छ । ।

पूर्वाञ्चल विश्वविद्यालयको कोभिड १९ आईसोलेसन केन्द्रमा उपचाररत ७० जना डिस्चार्ज भएका हुन् ।

मोरङका १२ जना, झापाका २९, सुनसरीका २०, ईलामका २, उदयपुरका ४, पाँचथर, भोजपुर र ताप्लेजुङका १–१ जना डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेहरु सबै जेठ २५ देखि ३० गतेसम्म भर्ना भएका १५ देखि ४८ वर्ष उमेर समूहका छन् । अहिलेसम्म १ न. प्रदेशमा संक्रमितको संख्या ५ सय ३ पुगेको छ ।