Tuesday, June 30News That Matters

२०२० को राष्ट्रिय युवा सम्मेलन भर्चुअल रुपमा हुने

मिलन परियार
लिम्चुङ्बुङ, असार ३०

कोरोनाको कारणले गर्दा यस वर्षको राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रुपमा हुने भएको छ । अन्तर्राट्रिय युबा दिबस २०२० को अबसरमा रास्टिय युबा सम्मेलन २०२० भर्चुअल रूपमा ४ दिन हुने भएको हो ।

नेपाल युवा परिषदले आयोजनामा गत वर्षहरुमा झै देशभरका ७७ वटै जिल्लाबाट १÷१ जना युवायुवतीलाई सहभागी गराईने छ । भर्चुअल सम्मेलनमा निर्बाचनमा युवाको भुमिका, सुशासन, जलबायु परिवर्तन, कृषिमा उद्यमशिलता, लैङ्गकि समानता, युवा नेतृत्व, दिगो बिकास लक्ष्य र दिगो पर्यटनलाई मुख्य बिषय बनाई आयोजना गर्न लागेका नेपाल युवा परिषदले जनाएको छ ।

यस सम्मेलन राजधानी काठमाडौमा अगस्ट ९ देखि १२ तारिख अर्थात साउन २५ देखि २८ गतेसम्म भर्चुअल रुपमा सम्मेलन हुने भएको जनाईएको छ ।

कोरोना भाईरसको संक्रमणलाई मध्यनजर गर्दै यस बर्ष राष्ट्रिय युबा सम्मेलन २०२० भर्चुअल रूपमा गर्न लागिएको नेपाल युबा परिषद उदयपुर जिल्ला शाखा संयोजक बिरेन्द्र खड्काले बताए ।