Sunday, March 16News That Matters

२०२४ मा हुने कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकाले आयोजना गर्ने

पूर्णपुष्टि, माघ १५ गते ।

सन् २०२४ मा हुने कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकाले आयोजना गर्ने भएको छ । इक्वेडरमा खेलाईने भनिएको कोपा अमेरिका सुरक्षाका कारण सरकारले प्रतियोगिता आयोजना गर्न नसकिने जनाएको हो । त्यस पछि अमेरिकामा प्रतियोगिता गराईने भएको हो ।

कोपा अमेरिका दोस्रो पटक दक्षिण अमेरिकाभन्दा बाहिर हुनेछ । यस प्रतियोगितामा १६ वटा टिमले सहभागिता जनाउने भएको छ । यस अघि २०२१ को कोपा अमेरिका ब्राजिलले आयोजना गरेको थियो । ब्राजिलमा भएको कोपा अमेरिकाको उपाधी अर्जेन्टिनाले जितेको थियो भने २०२२ मा भएको कतार विश्वकप फुटबलको बिजेता बनेको थियो ।