Sunday, March 16News That Matters

यी २१ थरिका वन्यजन्तुलाई घरपालुवाको अनुमति

पूर्णपुष्टि, १५ कार्तिक ।
अब व्यवसायीक रुपमा २१ प्रजातिका वन्यजन्तुलाई घरमै पाल्न सकिने भएको छ । सरकारले दुई महिना अघि मात्रै यी २१ थरी वन्यजन्तु घरमै पालन गर्न खुला गरेको हो । व्यावसायिक रूपमा वन्यजन्तुको पालन, प्रजनन् र उपयोग गर्दै वन्यजन्तुको दिगो संरक्षण तथा प्रयोगबाट आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले वन तथा वातावरण मन्त्रालयले यही भदौ १८ गते व्यावसायिक रूपमा वन्यजन्तुको पालन, प्रजनन तथा उपयोगसम्बन्धी मापदण्ड, २०८० पास गरेको थियो ।

तर यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट अनुमतिपत्र ९लाइसेन्स० लिनुपर्ने व्यवस्था गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० को नियम ३६८ मा टेकेर उक्त मापदण्ड पास गरिएको थियो ।

जसअनुसार लगुना, रतुवा, चित्तल, नीलगाई, खरायो, दुम्सी, बँदेल, सर्प, गोही, भ्यागुता, पाहा, मयुर, कालिज, वनकुखुरा, च्याखुरा, तित्रा, पियुरा, ढुकुर, मैना, सुगा अबदेखि व्यावसायिक रूपमा घरमै पाल्न सकिन्छ । निकुञ्ज विभागका उपमहानिर्देशक अजय कार्कीले मापदण्ड पास भएको दुई महिना हुन लागे पनि अहिलेसम्म विभागसमक्ष वन्यजन्तु घरमै पाल्न कसैले अनुमति नमागेको बताए ।