
पूर्णपुष्टि, जेष्ठ १५
जसपा अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले पार्टीका अर्का अध्यक्ष महन्त ठाकुर र राजेन्द्र महत्तोलाई दोस्रो पटकको स्पटीकरणमा चित्तबुझ्दो जवाफ खोजेको छ । यदि दोस्रो पटकको जवाफ पनि चित्तबुझ्दो नरहे पार्टीबाट निश्कासन गर्ने चेतावनी समेत दिएको छ । आफुहरुको पार्टीमा बहुमत रहेको भन्दै अर्का दुई अध्यक्षलाई तत्काल चित्तबुझ्दो जवाफको लागि २४ घण्टे अल्टिमेट दिएको छ ।
ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यहरू लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई भट्टराई–यादव पक्षले स्पष्टीकरण सोधेको हो ।
जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोसहितका नेताहरूलाई जसपाको बहमुत पक्षले जेठ ११ गते ७२ घण्टे स्पष्टीकरण सोधेको थियो ।
स्पष्टीकरणको जवाफ नआएपछि चारै जनालाई २४ घण्टे स्पष्टीकरण सोधिएको यादव–भट्टराई पक्षको भनाइ छ।
जसपाका कार्यकारिणी सदस्य प्रकाश अधिकारीद्वारा पठाइएको पत्रमा २४ घण्टाभित्र चित्त बुझ्दो जवाफ नआएमा पार्टीबाट निष्कासन गर्ने चेतावनी दिइएको छ ।
जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा भट्टराई–यादव पक्षमा ३० जना रहेका छन् । नयाँ सरकार गठनका लागि कसलाई समर्थन गर्ने भन्ने विवाद हुँदा जसपामा दुई धार देखिएको हो ।
जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो वर्तमान प्रधानमन्त्री केपी ओलीको निरन्तरताको पक्षमा छ भने भट्टराई–यादव पक्ष ओलीको बहिर्गमनको पक्षमा छ । विघटित प्रतिनिधिसभामा ३२ जना सांसदमध्ये ठाकुर–महतो पक्षसँग २० जना सांसद रहेका छन्।
