
पूर्णपुष्टि,चैत्र ४
स्याङजामा ९४ बर्षीय एक बृद्धलाई करणी जस्तो जघन्य अपराध गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सुस्त मनस्थितिकी २७ बर्षीया युवतीलाई जंगलमा लगेर करणी गरेको आरोपमा पुतलीबजार नगरपालिका–१३ बिसौनाका हीराबहादुर घर्ती पक्राउ परेका हो ।
युवतीका दाजुले गत फागुन २१ गते जंगलमा बहिनीसँग देखेपछि गाउँलेलाई बोलाएर वृद्धलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले उजुरी पछि तत्काल मुद्दा दर्ता गरे पनि घटना बाहिर ल्याएको थिएन । बृद्धलाई प्रहरीले पहिल्यनै पक्राउ गरी मुद्धा चलाईसकेको थियो । तर यस्तो घटना बाहिर ल्याउँदा नराम्रो सन्देश जाने भन्दै सार्वजानिक नगरिएको जिल्ला प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीले बताउनुभयो । एसपी बोगटीले घर्तिले अपराध गरेको स्वीकार गरेको बताउनुभयोे ।

घर्तीलाई प्रहरीले फागुन २२ मा पक्राउ गरेर भोलिपल्ट जिल्ला अदालतमा जबर्जस्ती करणी मुद्दा दर्ता गरी म्याद थपेको थियो ।

